विश्वशान्ति र निःशस्त्रीकरणप्रति नेपाल प्रतिबद्ध छ : मन्त्री पौडेल


११ आश्विन २०७९, मंगलवार
7 Shares
devendra poudel X7bn2fy8RR

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपीएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपिएफ) मा हस्तारक्षर गरेका हुन् ।

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएइएको ६६ औं महासभालाई पनि सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीहरुको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूणर् प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताए । साथै विश्वशान्ति र निशस्त्रीकरण प्रति नेपालको प्रतिबद्धता रहेको बताउँदै उनले आणविक विज्ञान र प्रविधिलाई आइएईको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको उल्लेख गरे ।

ncll 2

उनले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा नि प्रष्ट पारे । सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५० औं वार्षिकोत्सवमा पनि सहभागिता जनाउँदै नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएईए र आरसीएको सहयोग बहुमूल्य रहेको बताए । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजनाहरु र आरसीए योजनाहरुमार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण प्रयोगमा निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७