उपमेयर सुनिता डंगोलको नेतृत्वमा महानगरले थाल्यो बजार अनुगमन


११ आश्विन २०७९, मंगलवार
sunita dangil

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंगलबार) बाट चाडपर्वलक्षित बजार अनुगमन थालेको छ । महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन थालेको हो ।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा डंगोलको नेतृत्वमा बजार अनुगमन गरिएको छ । महानगरको टोलीले तीन वटा समूह परिचालन गरी बजार अनुगमन थालेको हो । संघ तथा प्रदेश कार्यालयहरु पनि सहभागी टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको हो । उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ ।

‘आज तीन वटा समूह बजार अनुगमनका लागि परिचालित भएका छन् कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु विक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै क्रममा डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईँहरुले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौं ।’

उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा विक्रीका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताइन् । ‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै विक्री गर्न भनेका छौँ’, उनले भनिन् ।

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ । संघीय सरकारले यो वर्ष बजार अनुगमन नगर्न उपभोग्य सामानको मूल्य आकाशिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७