थप ५४ मा कोरोना संक्रमण, ७६ जना निको


११ आश्विन २०७९, मंगलवार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो ।

एक हजार सात सय २९ जनाको पिसिआर र दुई हजार एक सयको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार चार सय ९५ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत छ ।

हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेसनमा एक हजार ९४, संस्थागत आइसोलेसनमा ५० र आइसियुमा १२ सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु, जुम्ला र दार्चुला छन् । उपत्यकाको काठमाडौँमा चार सय ५५, ललितपुरमा एक सय ६० र भक्तपुरमा २० जना सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७