दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के गर्न पाउँछन्, के पाउँदैनन् (पूर्णपाठ)

उम्मेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नु पर्ने


११ आश्विन २०७९, मंगलवार
nirbachan

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो ।

निर्देशनमा दल तथा उम्मेदवारहरूले गर्न हुने र नहुने कुराहरूबारे निर्देशन दिइएको छ । निर्देशनको ४९ नम्बर बुँदामा उम्मेदवारी दिन चाहने व्यक्तिले बहालवाला पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । त्यसै गरी उम्मेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नु पर्नेलगायत समावेश छ ।

आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानूनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम मंगलबार बसेको बैठकले निर्देशन दिने निणर्य गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७