ग्लोबल आईएमई बैंकको ‘२ वर्षमै मुद्दति बचत दोब्बर हुने योजना’ सार्वजनिक


११ आश्विन २०७९, मंगलवार
global bFsCiEGmGh

काठमाडौं । ‘बचत गरौं’ भन्ने मूल उद्देश्यका साथ विगतदेखि नै ग्लोबल आईएमई बैंकले अभियान सञ्चालन गर्दै आएको छ ।
बैंकले २ वर्षमै बचत २ गुणा हुने मुद्दति योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ‘ग्लोबल आईएमई धनवृष्टि मुद्दति योजना’ अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक रूपमा (अन्तिम त्रैमास बाहेक) जम्मा गर्दा प्रारम्भिक रकमको २ गुणा २ वर्षमै प्राप्त गर्न सकिने छ ।

योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ छ ।

कसरी हुन्छ ग्राहकको रकम २ वर्षमा दोब्बर ?

उदाहरणका लागि कुनै ग्राहकले १ लाख रुपैयाँ रकम राखी ‘ग्लोबल आईएमई धनवृष्टि मुद्दति योजना’ अन्तर्गत खाता खोल्दो हरेक ३ महिनामा रु। १०,००० को दरले ७ पटकसम्म रकम थप्दै जानुपर्नेछ । यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम २ गुणा हुनेछ । अन्तिम त्रैमासमा भने रकम थप्न पाइने छैन । मुद्दति निक्षेपको अवधि समाप्तिमा ग्राहकले २ गुणा रकम प्राप्त गर्नेछ ।’

योजनाले साना व्यवसाय गर्ने, नोकरीे एवं निश्चित आय भएकाहरूलाई निरन्तर बचत गर्ने बानी प्रोत्साहन गर्न उपयुक्त हुने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७