अञ्जन विष्टको ‘ह्याट्रिक’ मा बंगलादेशविरुद्ध नेपालको शानदार जित

ऋतिक र आशिषको राष्ट्रिय टिममा डेब्यु


११ आश्विन २०७९, मंगलवार
nepal hyatrick

काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज र शानदार जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन-एकले हरायो ।

नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।

योसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गोल सङ्ख्या १० पुर्‍याएका छन् । यस्तै बंगलादेशका लागि खेलको ५७ औं मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गोल गरे ।

यो खेलसँगै नेपाल र बंगलादेशबीच अहिलेसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । यस्तै नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको छ ।
ऋतिक र आशिषको राष्ट्रिय टिममा डेब्यु
नेपाल राष्ट्रिय फुटबल टोलीमा ऋतिक खड्का र आशिष चौधरीले डेब्यु गरेका छन् । मंगलबार दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूणर् खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै ऋतिक र आशिषले डेब्यु गरेका हुन् ।
मिडफिल्डर ऋतिक सेसेहाङ आङ्देम्बे र फरवार्ड आशिष विमल घर्तिमगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७