सल्यानमा जीप दुर्घटना : आठ जनाको मृत्यु, एक घाइते


१२ आश्विन २०७९, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गए राति कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट-६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यले बताए ।

उनका अनुसार गाडी सडकदेखि करिब दुई सय मिटर तल खोंचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपेन्द्र केसीले घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको र विस्तृत विवरण केहीबेरमा आउने जानकारी दिएका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७