अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज नेपाल आउँदै, दलका शीर्ष नेताहरुलाई भेट्ने


१२ आश्विन २०७९, बुधबार
Trudeau OhXm8pE0Rs

काठमाडौं । अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने क्रम बाक्लिँदै गएको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज (बुधबार) नेपाल भ्रमणमा आउँदै छिन् ।

उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।

अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रुडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रुडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ । नेपालपछि उनी संयुक्त अरब इमिरेट्स जाने छिन् । त्यसपछि मध्य एसियाका उज्वेकिस्तान र किर्किस्तान जाने योजना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७