युुगान्डामा इबोला संक्रमण बढ्दै, पाँच जनाको मृत्यु


१२ आश्विन २०७९, बुधबार
ebola nm3I3yEJ6M

कम्पाला । अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूूएचओको भनाइ छ । मध्य युुगान्डाका तीन जिल्लाहरुमा मृत्युु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुुष्टि भएको थियो ।

डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ । यसैबीच आफूहरू सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आफूूहरुलाई सुुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७