रुसले युक्रेनका चार वटा भू-भागमा गरेको जनमत संग्रह सकियो


१२ आश्विन २०७९, बुधबार
Ukraine Russia Election

काठमाडौं । रुसमा गाभिने वा युक्रेनमै रहने भनेर रुसले युक्रेनका चार वटा भू-भागमा गरेको जनमत सङ्ग्रह सकिएको छ । युक्रेनको दक्षिण पूर्वी क्षेत्रहरू लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनमा शुक्रवारदेखि शुरु भएको मतदान हिजो सकिएको हो ।

युक्रेनसहित अमेरिका, युरोपेली युनियनलगायतले यो जनमत सङ्ग्रहलाई अवैधानिक भन्दै आएका छन् । तर, रुसले प्राप्त मतदानका आधारमा अगाडि बढ्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि सन् २०१४ मार्चमा पनि रुसले युक्रेनी क्षेत्र क्रिमियालाई यही प्रक्रियाबाट आफ्नो पक्षमा पारेको थियो ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । युक्रेनसँग युद्ध चलिरहेका बेला युक्रेनी भू-भागमा जनमत सङ्ग्रह हुनुअघि अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जगेडा सैनिक परिचालनको आदेश समेत दिएका थिए । तर सेना परिचालनको यो निणर्यमा कमजोरी भएको रुसले स्वीकार गरेको छ ।

जनस्तरबाट विरोध हुन थालेपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले यो निणर्यमा कमजोरी भएको स्वीकार गरेको हो । जगेडा सैनिक परिचालनको आदेशपछि भएको विरोध प्रदर्शनमा सहभागी दुई हजारभन्दा धेरै नागरिक पक्राउ परेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७