निर्वाचन आचारसंहिता आजबाट लागु, के-के गर्न पाइँदैन ?

कुन क्षेत्रका कस-कसलाई लाग्छ आचारसंहिता


१२ आश्विन २०७९, बुधबार
Nirbachan scaled

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।
कुन क्षेत्रका कस-कसलाई लाग्छ आचारसंहिता
राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि आचार संहिता लागु हुन्छ । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता निम्न व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई लागु हुने व्यवस्था छ :

-नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
-प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
-संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
-नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
-स्थानीय कार्यपालिका र सोका सदस्य,
-संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
-सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
-सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
-राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
-उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
-राजनीतिक दल तथा उम्मेदवारको मतदान,
-प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
-सार्वजनिक पद धारण गरेको व्यक्ति,
-अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
-पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
-सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
-निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,

  • विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
  • विकास साझेदार संस्था,
    -सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
    -मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
    -निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
    -वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।
    हेर्नुस् राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहिता

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७