मेस्सीको दुई गोलमा जमैकामाथि अर्जेन्टिनाको जित


१२ आश्विन २०७९, बुधबार
messi 2

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकामाथि ३-० गोल अन्तरको जित हात पारेको छ ।

बुधबार भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे । उनले खेलको ८६ औं र ८९ औं मिनेटमा गोल गरेका हुन् । यसअघि खेलको १३ औं मिनेटमा नै जुलियान अल्भारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

जमैकाविरुद्ध दुई गोल गरेसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको लागि ९० गोल गरेका छन् । यो सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सबैभन्दा अघि छन् । उनले ११७ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका इरानका अलि डाइएले १०९ गोल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७