खाद्यले आजदेखि खसी-बोका/च्याङ्ग्रा बिक्री गर्दै, पोहोरको भन्दा महँगो


१२ आश्विन २०७९, बुधबार
goat 1 scaled

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (बुधबार) देखि खसी-बोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री शुरु गर्दैछ ।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसी-बोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २२७ वटा च्याङ्ग्रा पनि काठमाडौँ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकिलो ६८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो एक हजार २६० रुपैयाँ मूूल्य निर्धारण गरेको छ ।

goat 1 1

गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकिलो ६५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूूल्य नै बढेकाले मूूल्य बढ्न गएको कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुुट दिइएको जानकारी दिए ।

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्रा १,२५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकिलो ५७० देखि ६ सय रुपैयाँमा र च्याङ्ग्रा प्रतिकिलो एक हजार १५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो पर्ने नायब महाप्रबन्धक खनालले बताएका छन् । यसपालि काठमाडौँ उपत्यकामा ५० देखि ६० हजार संख्यामा खसीबोका खपत हुने अनुमान छ । तर खाद्यले थोरै मात्रै बिक्री गर्ने भएकाले सबैलाई सहज हुने अवस्था छैन । यो बजार हस्तक्षेप मात्रै रहेको कम्पनीले जनाएको छ । पशुसेवा विभागले हिजोदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण समेत शुरु गरेको छ ।

नवमीको दिनसम्म विभिन्न ठाउँमा गएर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७