डब्लूटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुुनर्जीवित पार्न आह्वान


१२ आश्विन २०७९, बुधबार
wto

जेनेभा । विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लूूटीओकी महानिर्देशक एनगोजी ओकोन्जो इबेलाले बताइन् ।

आर्थिक वृद्धिलाई पुुनर्जीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेन युद्ध, खाद्यान्न मूल्य, उर्जाको झट्का र कोभिड महामारीको परिणामले विश्व मन्दीको अवस्था सिर्जना गरेको छ ।

‘अब हामीले आगामी मन्दी जस्तो देखिने मौसमको सामना गर्नुपर्नेछ’, उनले जेनेभामा ग्लोबल ट्रेड निकायको वार्षिक सार्वजनिक फोरमको उद्घाटनमा भनिन्, ‘मलाई लाग्छ विश्वव्यापी मन्दी । मलाई लाग्छ हामी विस्तारै अगाडि बढ्दै गरेको पनि त्यही हो । तर, रिकभरीको लागि पनि हामीले सोच्न शुरु गर्नुुपर्छ । हामीले आर्थिक वृद्धि पुन जगाउनुपर्छ ।’

उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुबैले विश्वव्यापी वृद्धि प्रक्षेपणलाई घटाएको उल्लेख गरिन । व्यापार संख्याका सूचकहरू ‘धेरै राम्रो नदेखिएको’ उनले बताइन् । नाइजेरियाको पूर्व अर्थ र विदेशमन्त्री इबेलाले केन्द्रीय बैंकहरु कसिलो ठाउँमा रहेको बताउँदै अगाडिको मार्गमा थोरै छनौट रहेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७