१० जनामा कोभिड देखिएपछि चिनियाँ शहरमा लकडाउन, सर्वसाधरण उत्रिए विरोधमा


१२ आश्विन २०७९, बुधबार
china whuan j9ioA5vytn

बेइजिङ । केही व्यक्तिमा कोभिड संक्रमण देखिए लगत्तै दक्षिणी चीनको औद्यागिक शहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्बसाधरणले विरोध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौं मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।

एक करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौं मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ’ भनेर चिच्याएको सुन्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७