एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना पूरा


१२ आश्विन २०७९, बुधबार
dhara
फाइल फोटो

लमजुङे । मर्स्याङ्दी गाँउपालिकामा एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना निर्माण भएको छ ।

खानेपानी योजनाको एक कार्यक्रमबीच मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका हुन् । गाउँपालिकाभित्रका स्थानीयलाई व्यवस्थित र स्वच्छ पानी खुवाउन स्थानीय सँग सधै हातेमालो गरी अधि बढ्ने अध्यक्ष गुरुङको भनाइ छ ।

भुलभुले खानेपानी योजनबाट साविक भुलभुले गाविस १ र २ का एक सय ८५ घरधुरी लाभान्वित भएका छन् । भुलभुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र गाउँबासीको श्रमदान २७ लाख ८९ हजार पाँच सय ४४ रुपैयाँ र संघीय खानेपानी तथा ढल निकास आयोजनको एक कारोड ११ लाख ५७ हजार नौ सय ७८ रुपैयाँ लगानीमा खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका सचिव कृष्णप्रसाद घिमिरेले बताए । उनका अनुसार खानेपानीको ओभरहेड टंकी, एक घर एक धारा व्यवस्थित रूपमा निर्माण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७