मन्त्रिपरिषदले गर्‍यो आठ कर्णेलको बढुवा


१२ आश्विन २०७९, बुधबार
deuwa cabinet
फाइल फोटो

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि नेपाली सेनाका आठ प्रमुख सेनानीको महासेनानी (कर्णेल) मा बढुवा गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गरेपछि अघिल्लै दिन सरकारले आज मेजरलाई कर्णेलमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘नेपाली सेनाको साधारण सेवातर्फका वीरेन्द्र मल्ल ठकुरी समेत आठ प्रमुख सेनानीको महासेनानीमा बढुवा गरी पदस्थापन गर्ने निणर्य भएको छ’, ती मन्त्रीले भने, ‘महासेनानीहरुको पदस्थापन कहाँ-कहाँ भयो भन्नेबारे चाहिँ अहिल बताउन सक्दिनँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७