रविन्द्र मिश्र स्वस्तिवाचन र शंखघोषसहित राप्रपा भित्रिए, वरिष्ठ उपाध्यक्षको पद


१२ आश्विन २०७९, बुधबार
Rabindra Mishra cover2022 09 28 03 24 26

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।
आज बुधवार काठमाडौँमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।

यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाण्डौ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७