थप ३८ जनामा कोरोना संक्रमण, एकको मृत्यु


१२ आश्विन २०७९, बुधबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट २,८१८ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १,२८४ र एन्टिजेनबाट १,५३४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३१ र एन्टिजेनबाट ७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । थप ५२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १,१२२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७