चलचित्र ‘मिलन’ को गीतमा टिकटक बनाउनेलाई २५ हजार पुरस्कार


१२ आश्विन २०७९, बुधबार
28 Shares
meelan movie song1 1.png 1

काठमाडौं । फिल्म ‘मिलन’ को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । आगामी तिहारको अवसरमा १८ कात्तिकबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिलन’ को सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ । रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द तथा संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापालाई फिचर्ड गरिएको छ । साथै, फिल्मको टिमले टिकटक प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागि नगदसहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट पाँच छनोट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिने छ ।

ncll 2

गीतमा टिकटक बनाउने उत्कृष्ट १० हजारलाई पनि नगद पुरस्कार दिइने बताइएको छ । फिल्मका निर्देशक टेक पौरखी राईका अनुसार राम्रो टिकटक बनाउनेहरुको पनि भ्युज नआउन सक्ने भन्दै टिकटकको भ्युज नहेरेर ‘क्रिएटिभ’ टिकटकलाई स्थान दिइनेछ । छनोटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९, ८, ७ गर्दै एक हजारसम्म जित्ने अवसर प्रदान गरिनेछ ।

jagdamba.cement

यो अवधि जम्मा १० दिनका लागि राखिएको छ । गीत सार्वजनिक भएको मिति १० असोजदेखि २० असोजसम्म आफ्नो टिकटकको स्क्रिनसट मिलन फिल्मको अफिसियल फेसबुक पेजमार्फत पठाउनुपर्नेछ ।

कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यस फिल्मको कथा पनि निर्देशक राईले नै लेखेका हुन् । फिल्ममा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७