अख्तियार अनुसन्धान आयोग हेटौंडाद्वारा वार्षिक प्रतिवेदन पेस


१२ आश्विन २०७९, बुधबार
NR RUPANDEHI scaled

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले आज एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगको हेटौँडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७