२०७९ असोज १३ गते बिहीबारको तपाईको राशिफल

असोज शुक्ल चतुर्थी पञ्चाङ्गः विषकुम्भ वणिज स्वाति, विश्व मुटु दिवस


१३ आश्विन २०७९, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धर्म, कर्ममा रुचि बढ्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउने छ । रोकिएको धन हात पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज वित्तीय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्तजनसँग मनमुटाब बढ्ने छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७