पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी अस्पताल भर्ना


१३ आश्विन २०७९, बिहीबार
Asif Ali Zardari BkBnoBG4TW

इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

पाकिस्तान पिपल्स पार्टी (पिपिपि) का सह अध्यक्ष समेत रहेका जर्दारी पछिल्ला केही हप्तादेखि विरामी नै रहेका थिए । तर मङ्गलबार मात्रै अस्पताल भर्ना गरिएको हो ।

उनलाई फोक्सोसम्बन्धी समस्या भएकाले परिक्षणको कार्य भइरहेको अस्पताल श्रोतले जनाएको छ । उनलाई सुरुमा निजी अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकहरूकै सल्लाहअनुसार कराँची अस्पतालमा भर्ना गरिएको हो । पूर्व राष्ट्रपति जर्दारी यसअघि दुबई भ्रमणमा गएका बेला गत जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७