विश्व इतिहासमा आज : हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना


१३ आश्विन २०७९, बिहीबार
Baltic see1664412026

काठमाडौं । आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

बाल्टिक समुद्रमा डुंगा दुर्घटना
सन् १९९४ मा एउटा डुंगा बाल्टिक समुद्रमा डुब्दा ८०० यात्रुको डुबेर मृत्यु भएको थियो । यसलाई २०औं शताब्दीकै खराब दुर्घटना भनिन्छ ।

हैटीमा कु
सन् १९९१ मा त्यहाँको सेनाले कुमार्फत राष्ट्रपति जीन बर्टान्ड अरिस्टाइडलाई बर्खास्त गरेको थियो । राष्ट्रपति बर्टान्ड कु हुनुभन्दा ९ महिनाअघि भएको निर्वाचनबाट विजयी भएका थिए ।

क्यानडाको पहिलो स्याटलाईट
सन् १९७२ मा क्यानडाले अमेरिकाको क्यालिफोर्निया राज्यस्थित वायुफौजको आधारबाट आफ्नो पहिलो स्याटलाईट अलुएट १ सुरु गरेको थियो । पृथ्वीको अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरिक्ष केन्द्र नासाको सहकार्यमा सो स्याटलाइट सुरु भएको थियो ।

आणविक अनुसन्धानका लागि युरोपेली संगठन स्थापना
सन् १९५४ मा आणविक अनुसन्धानका लागि युरोपेली संगठन सीइआरएनको स्थापना भएको थियो । इयुका १२ देशले सो संगठन स्थापना गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७