चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा


१३ आश्विन २०७९, बिहीबार
money 4
फाइल फोटो

लमजुङ । लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दूरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीन वटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो । काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ । बस भाडा ६ सय ५० रहेकामा १ हजार लिएकाले कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ ।

१० हजारका दरले दुई माइक्रो बसका सञ्चालकले जरिवाना तिरेका छन् भने बाँकी दुई वटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७