साबा महिला बास्केटबलमा नेपाल उपविजेता


१३ आश्विन २०७९, बिहीबार
306133001 3544754622428315 1128391643214627419 n p9X1g91AvA

काठमाडौँ । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेलमा भुटान र श्रीलंकालाई हराएको थियो । तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिजो माल्दिभ्सलाई ७२-५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो ।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो । प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७