एमाले नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृशोक


१३ आश्विन २०७९, बिहीबार
manamaya pande

काठमाडौं । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृशोक परेको छ ।
उनीहरूको ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेका छन् । मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं हिँडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७