माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत ‘क्यास ब्याक’ अफर


१३ आश्विन २०७९, बिहीबार
machhapuchare bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एनसिएचएलसँगको सहकार्यमा बडा दशैँलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको हो ।

बैंकले चाडबाडको समयमा हुने किनमेलमा ग्राकहरूलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको उक्त अफर असोज ८ गतेदेखि १४ गतेसम्मका लागि लागू हुनेछ ।

जसअन्तर्गत बैंकका ग्राहकले नेपालपे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरी कपडा एवम् जुत्ताको खरीदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७