पोखरा महानगरले आफ्नै भवनको अण्डर ग्राउण्ड हटायो, अब पार्किङका लागि प्रयोग गरिने


१३ आश्विन २०७९, बिहीबार
pokhara mahanagar

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग शुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भइरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डर ग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भूमिगत तला खाली गर्ने अभियान थालेको छ ।

कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ । त्यसका लागि महानगरले भदौ १३ गते पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाँकी छ । तर, व्यवसायीहरुले पार्किङ हटाएका छैनन् ।

मेयर धनराज आचार्यले सूचनाको म्याद सकिएपछि भूमिगत तला खाली गर्न आफै जाने बताए । ‘यो एउटा शुभारम्भ हो । पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङकै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘सांकेतिक अभियान सबै नगरबासीले बुझिदिनु होला ।’ पोखरा महानगरपालिकाभित्र २५० बढी भवनमा भूमिगत पार्किङस्थलहरू छन् । तर ती पार्किङस्थल व्यापार र अन्य प्रयोजनमा प्रयोग भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७