चिकित्सकले प्रेस्क्रिप्सनमा लेखेको ‘निट राइटिङ’ बन्यो भाइरल


१३ आश्विन २०७९, बिहीबार
prescription.jpg

नयाँदिल्ली । चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन् । डाक्टरहरूको पे्रस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् ।

तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको फोटोले सामाजिक सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ । यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन् ।

यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो । नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी)मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन् ।

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त पे्रसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार डा नारायणन विगत तीन वर्षदेखि सीएचसीमा कार्यरत छन् । उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे । अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७