पोखरामा साल्ट ट्रेडिङको दशैं बजार, १८ रुपैयाँमा नुनको मात्रै ब्यापार


१३ आश्विन २०७९, बिहीबार
salt

पोखरा । सुपथ मुल्यको सामान बेच्न सरकारले नै सञ्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ । ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ ।

दशैं, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्छ । यसअघि खसीबोकादेखि चामलसम्म विक्री गरेको साल्टले अहिले नुन मात्रै बेच्न लागेको हो । चिनि र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए ।

प्रतिकिलो नुनको मुल्य १८ रुपैयाँ छ । प्रत्येकले ६ किलोका दरमा नुन खरिद गर्न सक्ने उनले बताए । ‘पहिले सुपथ मुल्याका पसल चलाएका थियौं । अहिले नुन मात्रै आयात भयो । चिनि र अरु सामान आएन,’ उनले भने, ‘यो दशैंमा नुन मात्रै बेच्छौं ।’ अघिल्लो वर्ष ३ किलो नुन र ३ किलो चिनि विक्री गरेको थियो ।

त्यसअघि चामल, गेडागुडी, नुन, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गथ्र्यो । बजारमा नै सामान सजिलै पाइने भएकोले आफूहरुले जोड नगरेको उनले बताए । चाडवाडमा बजाम महंगो हुने भएकोले कर्पोरेसनले नै सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७