ताप्लेजुङमा पाथीभरा म्याराथन


१३ आश्विन २०७९, बिहीबार
marathan 1200x560 1

ताप्लेजुङ । ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता शुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो ।

पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी त्यही मार्ग भएर तोक्मेडाँडा आइपुग्नुपर्ने छ ।

हाफ महिला म्याराथनतर्फ पनि यही मार्गको काफ्लेपाटी पुगेर फर्किनुपर्ने म्याराथन सञ्चालन समितिका संयोजक यिगेन्द्र गुरुङले बताए । खुलातर्फ प्रथम पुरस्कार रु एक लाख ५१ हजार, द्वितीयलाई रु एक लाख ११ हजार र तृतीयलाई रु ५१ हजार तथा महिलातर्फ प्रहिलोलाई रु ८१ हजार, द्वितीयलाई रु ५१ र तृतीयलाई रु ३१ हजार प्रदान गरिने छ ।

विसं २०७६ मा ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सम्पन्न भएको थियो । त्यसयता कोभिड-१९ का कारण प्रतियोगिता हुन सकेको थिएन । विसं २०७६ मा खुलातर्फ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले चार घण्टा १३ मिनेट २७ सेकेण्डमा निधारित दूरी पार गर्दै उपाधि जितेका थिए । महिलातर्फ जुम्लाको पातारासी गाउँपालिकाकी सुनमाया बुढा क्षेत्रीले निर्धारित दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७