दशैं, तिहार तथा छठ बिदामा मानवअधिकार आयोगको कार्यालय खुला रहने


१३ आश्विन २०७९, बिहीबार
hurf

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दशैं, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं, तिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन् ।

‘आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झै यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७