बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


१३ आश्विन २०७९, बिहीबार
gold

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघको अनुसार हिजो प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बजारमा आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७