गोकुल बास्कोटाको कटाक्ष : जनता डेंगीले हैरान छन्, बालुवाटारमा भने रमिता छ


१३ आश्विन २०७९, बिहीबार
Gokul Baskota 1

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकणर्को जस्तो निन्दामा रहको आरोप लगाएका छन् । ‘देश जोगाउन माझी खोज्न हिंडेकाहरु कांग्रेसी आँगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकणर्े निन्द्रामै छ,’ बास्कोटाले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७