घर पोत्ने माटो लिन जाँदा ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु


१३ आश्विन २०७९, बिहीबार
dhisko

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-४ राजिपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट राजिपुर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७