समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा


१३ आश्विन २०७९, बिहीबार
amal prabesh

सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका थिए ।

बिहीबार एमाले महासचिव शकंर पोखरेलले उनलाई स्वागत गरेका हुन् । टेलिफोनमा कुरा गर्दै उनले आफु पुरानै घरमा फर्किएको बताए । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो ।

प्रदेशसभाको टिकट दिने प्रतिवद्धता भएपछि उनी एमालेमा फर्किएको स्रोतले बताएको छ । पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेका भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट हुँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७