एकीकृत समाजवादीका प्रदेश सभा सदस्यसहित २५ जना एमालेमै फर्किए


१३ आश्विन २०७९, बिहीबार
Nekapa Yes2022 09 29 05 30 58

बारा । नेकपा (एकीकृत समाजवादी) पार्टीका दुईजना प्रदेश सभा सदस्य नेकपा एमालेमा फर्किएका छन् । प्रदेश सभा सदस्यद्वय सुन्दर विश्वकर्मा र सीता गुरुङ बिहीबार नेकपा एमालेमा फर्किएका हुन् ।

प्रदेश सभा सदस्य विश्वकर्मा एकीकृत समाजवादी बाराका अध्यक्ष हुन् । उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै, गुरुङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । तत्कालीन एमाले जिल्ला अध्यक्ष रहेका विश्वकर्मा एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए । उनीहरूसहित २५ जना नेताले एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका एमाले बाराका अध्यक्ष विनोद साहले जानकारी दिए ।

उनका अनुसार एमाले फर्किनेमा केन्द्रीय परिषद् सदस्य कौशलकिशोर सिंह, महेश विश्वकर्मा, दशरथ राम, विद्या थापा, मीन रहपाल, मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनीलगायत छन् । उनीहरूले पार्टी अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर पार्टीमा फर्किएको साहले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७