सत्ता गठबन्धनले मुलुकलाई भयावह अवस्थामा पुर्‍यायो : ओली


१३ आश्विन २०७९, बिहीबार
kp oli 5

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकलाई भयावह अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् ।

आज (बिहीबार) भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताए ।

उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूणर् हुने धारणा राखेका छन् । अध्यक्ष ओलीले मुलुकको विकासको गातिलाई अघि बढाउन र शान्ति शुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे ।

उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने, भष्टचार नियन्त्रण गरेर सुशासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने लगायतका प्रयासमा एमाले लागिरहेको बताए । कार्यक्रममा अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी), लोसपालगायत दलका नेता-कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७