कामना सेवा बैंकको कार्डमा ई-कमर्श सुविधा


१३ आश्विन २०७९, बिहीबार
Image VnmjQlugYR

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्डमा इकमर्श सुविधा समावेश गरेको छ । आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्न बैंकले यस्तो सुविधा थप गरेको हो ।

सुविधा थप भएपछि कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान खरिद गरी आफ्नो इकमर्स सक्रिय डेबिट वा क्रेडिट कार्डमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले असोज १० गतेदेखि यो सुविधा लागू गरिएको जानकारी दिएको छ ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै इकमर्स सुविधा सुचारु गराउन सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाडपर्वको अवसरमा इकमर्स सक्रिय कार्ड मार्फत सपिङ प्ल्याटफर्म सस्तोडील अनलाइनबाट किनमेल गर्दा २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको नगद छुटको लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७