समुद्री आँधी ‘इयान’ ले अमेरिकामा २५ लाख मानिस प्रभावित, करोडौं डलरको क्षति


१४ आश्विन २०७९, शुक्रबार
america l2L3zQF2v5

काठमाडौं । अमेरिकाको फ्लोरिडामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आँधीबाट झण्डै २५ लाख मानिस प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । घर तथा धेरैजसो भौतिक संरचनामा क्षति पुगेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक अन्धकारमा रहेका बीबीसीले जनाएको छ ।

अमेरिकाको आँधीबारे पूर्वानुमान गर्ने निकाय नेशनल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ । यो आँधी फ्लोरिडामा बज्रिएका अहिलेसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक मानिएको छ ।

इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २ सय ४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको थियो । आँधीकै कारण क्युबामा दुई जनाले ज्यान गुमाएका छन् । फ्लोरिडामा मानवीय क्षतिबारेको विवरण आइसकेको छैन । यो आँधी जोर्जा र साउथ क्यारोलिना पुग्दा पनि इयान आँधीकै रूपमा रहने आँधीबारे पूर्वानुमान गर्ने निकायले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७