एनसेलको चाड पर्वलक्षित ‘होम एन्ड अवे डेटा प्याक’ : ६० जीबी डेटा मात्रै ५९९ रुपैयाँमा


१४ आश्विन २०७९, शुक्रबार
Ncell 1 scaled

काठमाडौं । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि डेटा सेवा लिन सक्ने गरी एनसेल आजियाटाले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ ।
एनसेलका ग्राहकले चाडपर्वको अवसरमा अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

दसैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमंग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने बताइएको छ ।

एनसेलका ग्राहकहरुले यो प्याक करसहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउने कम्पनीले जनाएको छ । डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा बसेर यो प्याक सुचारु हुन्छ त्यही स्थानलाई होम लोकेसन मानिने र अन्य स्थानलाई अवे लोकेसन मानिने एनसेलले स्पष्ट पारेको छ ।

यो प्याक एनसेलले बिहीबारबाट सञ्चालनमा ल्याइसकेको छ । एनसेलका ग्राहकले ८१७१२३८३०३ डायल गरेर यो प्याक सजिलै किन्न सक्ने बताइएको छ । यसैगरप् एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक किन्न सकिने एनसेलले जनाएको छ ।

एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्ने सुविधा एनसेलले दिएको छ । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहने छ ।

यो डेटा प्याकको विशेषता प्याकमा रहेको डेटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु नहुने एनसेलले जनाएको छ । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन् ।

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएकोमा हर्षित भएको एनसेलले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७