बुटवलका सडकमा खुला दूध बेच्न रोक


१४ आश्विन २०७९, शुक्रबार
milk
फाइल फोटो

रुपन्देही । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ ।

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निणर्य गरेको हो ।

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निणर्य बैठकले गरेको अर्यालले बताए । यस्तै बैठकले दूग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध विक्रेता, किसानलगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।

रुपन्देही डेरी व्यवसायी सङ्घका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायी कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा र संजोग श्रेष्ठ सदस्य रहेका छन् भने सदस्यसचिवमा बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख रहेका छन् । बैठकले दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निणर्य गरेको उपप्रमुख अर्यालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७