कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आयो : गगन थापा


१४ आश्विन २०७९, शुक्रबार
gagan Thapa

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका हुन् । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरे ।

महामन्त्री थापाले पार्टीभित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताबोध हुन थालेको जिकिर गरे । युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शाहस थपिएको भन्दै युवाहरुलाई निरास नबनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७