काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार
Kabul Attack

काबुल । अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो । विद्यार्थी परीक्षा दिइरहेका बेला विष्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन् । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन् ।

विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका छन् । अहिलेसम्म कुनै पनि संगठनले विष्फोटको जिम्मेवारी लिएको छैन । तालिवानले आक्रमणको निन्दा गरेको छ तालिवानको आन्तरिक मन्त्रालयले आक्रमणको निन्दा गर्दै सुरक्षा बल घटनास्थलमा पुगेको बताएको छ । अब्दुल नाफी टकोरले नागरिकमाथि आक्रमणले ’शत्रुको अमानवीय क्रुरता र नैतिक मूल्यमान्यताको कमी’ प्रमाणित गरेको बताए ।

तालिबान गत वर्ष अगस्टमा अफगानिस्तानमा सत्तामा फर्कियो र उनीहरूले देशको अवस्थालाई स्थिर बनाउन प्रयास गरिरहेको बताएका छन् । तर, देशमा तालिवानको विपक्षी इस्लामिक स्टेटले आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७