चन्दाको बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा


१४ आश्विन २०७९, शुक्रबार
rabindra Mishra 2
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् । विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका वरिष्ठ उपाध्यक्ष बनेका उनले आज (शुक्रबार) उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए । मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।

मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार रहेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित भएका थिए । यस पटक पनि उनको सिंहसँग न प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७