थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना निको


१४ आश्विन २०७९, शुक्रबार
Fd5Iun5aEAI0Wgj

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट २,५३५ नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९४१ र एन्टिजेनबाट १५९४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३० र एन्टिजेनबाट ३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप १०३ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १,००४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७