‘युक्रेनी भू–भागमाथि रुसको दाबी बेलायतलाई स्वीकार्य हुँदैन’


२०७९ असोज १४ शुक्रबार १६:०२ बजे

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएकी छिन् ।

रुसले युक्रेनी कब्जामा रहेका चार वटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेका वेला बेलायतले त्यसको विरोध गरेको हो ।

उनले रुसी नेताको ‘प्रतिनिधित्व भएको दाबी गर्ने युक्रेनी जनताको जीवनप्रति स्पष्ट बेवास्ता गरेको’ भन्दै आलोचना गरेकी छिन् । उनले भनिन्, ‘बेलायतले ती मानिसको सार्वभौम इच्छालाई कहिल्यै बेवास्ता गर्दैन र हामी डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रहरूलाई युक्रेनी क्षेत्रबाहेक अरू कुनै कुराको रूपमा स्वीकार गर्दैनौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७