रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु, २८ जना घाइते


१४ आश्विन २०७९, शुक्रबार
Russia1 20220930154527

किभ । रसियाले युक्रेनको जापोरिझहिया शहरमा मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको अलजाजीराले जनाएको छ । आक्रणमा परी दर्जनौं नागरिकहरू घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

कार बजारमा भेला भएका सर्वसाधारणमाथि रसियाले मिसाइल आक्रमण गरेको त्यहाँको गर्भनरले बताएका छन् । ‘हालसम्म २३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्,’ गर्भनर ओलेकजेन्डरले उल्लेख गरेका छन् ।

त्यहाँ उपस्थित सर्वसाधारणहरु आफन्तहरु भेट्न जम्मा भएको बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणमा कारहरु उडेका थिए भने मानिसहरूको शव यत्रतत्र भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७