पाकिस्तान बाढी : ६० हजार बढी गर्भवती महिला मातृ स्वास्थ्य सेवाबाट बञ्चित


१५ आश्विन २०७९, शनिबार
21 Shares
bfa213db9d2529ca8f9ae37ccc9abb5a

इस्लामावाद । पाकिस्तानको एक तिहाइ भूभागमा आएको बाढीका कारण करिब छ लाख गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट बञ्चित हुनुका साथै बालबालिकाको स्वास्थ्य संस्थामा ठूलो असर परेको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानका वित्त तथा राजस्व राज्यमन्त्री आइशा घोस पाशाले बाढी प्रभावित क्षेत्रका छ लाख गर्भवती महिलामा यी आधारभूत सुविधाको अभाव रहेको र ५० लाखभन्दा बढी बालबालिकामा खोप वा पोषणको सुविधा नभएको बताएका छन् । उनले पाकिस्तानले महिलाका लागि प्रजनन स्वास्थ्य सेवा र बालबालिकाका लागि स्वास्थ्य सेवालाई पुनः सहीमार्गमा ल्याउन प्रयासहरू बढाउनुपर्नेमा जोड दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जनसङ्ख्या र विकासका विषयमा संसदीय चेतना अभिवृद्धि गर्ने अन्तरदलीय मञ्च जनसंख्यासम्बन्धी संसदीय मञ्च (पिएफपी) को सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । बैठकमा सिनेटका सदस्य, सबै प्रमुख राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय तथा प्रदेश सभाका सांसदको सहभागिता रहेको थियो । तीव्र जलवायु परिवर्तन र बाढीको रूपमा यसको विनाशकारी प्रभावहरूको बारेमा, पाशाले भने, ‘अन्तर्राष्ट्रिय समुदायले पाकिस्तान जस्ता देशहरूलाई सहयोग गर्न कोष परिचालन गर्न एक साथ आउनु पर्छ ।’

ncll 2

जनसंख्या परिषद्का देशीय निर्देशक जेबा सथरले बाढीले सीमान्तकृत जनसङ्ख्याका लागि ठूलो दुःख दिएको बताए । अति प्रभावित क्षेत्रमा बसोबास गर्ने तीन करोड १० लाख मानिसमध्ये एक करोड ९० लाख मानिस गरिब रहेको सथरले बताए ।
‘दुई करोड २७ लाखभन्दा बढी कच्चा घर अति प्रभावित क्षेत्रका विस्थापित समुदायका हुन् ।

jagdamba.cement

महिला र बालबालिकाका अतिरिक्त ६५ वर्षभन्दा माथिका करिब १० लाख मानिस बाढी प्रभावित क्षेत्रमा बसोबास गरिरहेका छन् र उनीहरूलाई विशेष हेरचाहको आवश्यकता छ । कृषि जलवायु क्षेत्रमा बसोबास गर्ने मानिसहरूले आफ्नो गाईवस्तु र अन्नबाली गुमाएका छन् र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित छन्’, उनले भने ।

जनसंख्या परिषद्का परियोजना निर्देशक सामिया अली शाहले महिला तथा बालिकाका समस्यालाई तत्काल सम्बोधन गर्न र प्राथमिकता दिन आग्रह गरिन् । बैठकमा उठेको अर्को मुद्दा पाकिस्तानको तीव्र जनसंख्या वृद्धि दर हो । सिनेटर मुशाहिद हुसेन सइदले पाकिस्तानमा जनसंख्या वृद्धिले त्यहाँको स्रोतको दोहन गरिरहेको बताए ।

एक सर्वेक्षण अनुसार लाखौंको ज्यान लिइसकेको पाकिस्तानको अकल्पनीय प्राकृतिक विपत्तिप्रति सरकारको प्रतिक्रियाप्रति पाकिस्तानका अधिकांश नागरिक असन्तुष्ट रहेका छन् । यो असन्तोष यस हप्ता प्रकाशित पटानको पछिल्लो सर्वेक्षणमा स्पष्ट भएको छ । समुदायमा आधारित अधिकारकर्मीहरूले बाढी प्रभावित तीन प्रान्तका १४ जिल्लाका ३८ वटा विपद् प्रभावित क्षेत्रमा सर्वेक्षण गरेको पाकिस्तानबाट प्रकाशित हुने डन नामक अङ्ग्रेजी पत्रिकाले जनाएको छ ।

सर्वेक्षणका अनुसार राज्यका अधिकांश स्थानीय तहले राज्यका निकायको कार्यसम्पादनमा असन्तुष्टि जनाएका छन् । सर्वेक्षणका अनुसार बाढीका कारण ९२ प्रतिशत स्थानका मानिसहरू आफ्नो गाउँ र टोल छोड्न बाध्य भएका छन् । एएनआई

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७